पाल्पा । योङ्ग कम्युनिष्ट लिग (वाईसियल) नगर स्तरीय प्रशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य अनिलकिशोर घिमिरेले युवा जनशक्तिको पहलमा नेपालमा ठूला राजनैतिक परिवर्तन सम्पन्न भएको बताएका छन् ।
उनलेे समाजमा रहेका विकृति विसंतिहरुको अन्त्यका लागि युवाहरु शसक्त रुपमा लाग्न आवश्यक रहेको बताए ।
जिल्ला अध्यक्ष नेत्र प्रसाद पाण्डेयले माओवादी पार्टीले युवा, महिला, दलित, महिलाहरु लगायतका पिछडिएका समुदायका हितका आवाज उठाएको बताए ।
नेकपा माओवादी पाल्पाका कार्यालय सदस्य मधुरा ढकाल, वाईसियलका केन्द्रीय सदस्य युवराज थापालगायतले आगामी निर्वाचनमा माओवादीको जित सुनिश्चित गर्न युवाहरुले सक्रियता बढाउन खाँचो रहेको बताए ।
प्रशिक्षण कार्यक्रम गोकुल पौडेलको अध्यक्षतामा, जिल्ला अध्यक्ष धनेन्द्र घिमिरेको स्वागत तथा उमा विश्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो ।
नवीन घिमिरेकोे अध्यक्षतामा ५१ सदस्यीय वाईसियल नगर कमिटी
यसैबीच नवीन घिमिरेकोे अध्यक्षतामा ५१ सदस्यीय वाईसियल तानसेन नगर कमिटी गठन भएको छ ।
जसको उपाध्यक्षमा मनिष रावल उपाध्यक्ष, चेतन फाल मगर, सचिवमा सुरेश बिष्ट, सहसचिवमा मीन अर्घाली र कोषाध्यक्षमा महेश कार्की लगायतका रहेका छन् ।



