तानसेन। राष्ट्रिय भूमि आयोग, जिल्ला समिति पाल्पाले नवनियुक्त अध्यक्षको पदवहाली गरेको छ।
सरकारले भूमि सम्बन्धि समस्या समाधान गर्न गठन गरेको आयोग पाल्पा समितिको अध्यक्ष मोहन गैरेसहित विज्ञ सदस्यमा कृष्णप्रसाद अधिकारी, सदस्य अमरसिंह प्रधान र महिला सदस्य मीना पन्थीको पदबहाली गरेको हो ।
पदवहाली गर्दै अध्यक्ष गैरेले आफुले राजनीतिक र आर्थिकको दवाब भन्दा माथि उठेर वास्तविक सुकुम्वासी तथा अव्यबस्थित बसोबास गर्दै आएका व्उक्तिको पक्षमा काम गर्ने बताए । उनले राज्यको निति अनुसार आयोगले काम गर्ने र कुनै पनि पूर्वाग्रह नराखी जिल्लाका समस्या समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले रैनादेवी, रामपुर र तानसेनलगायतका स्थानीय तहमा समस्या देखिए पनि जिल्लाभर नै सतय तथ्य जानकारी लिएर लालपुर्जा प्रदान तथा आवा निर्माणका लागि समेत जग्गा उपलब्ध गराउने व्यवस्था आयोगले गर्ने पनि बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीले कसैको दवाब, प्रभावमा नपरी स्वच्छ निष्पक्ष, इमान्दार भएर काम गर्न समितिलाई अनुरोध गरिन् ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक नेत्र प्रसाद पाण्डे, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कमल पाण्डे, जनमोर्चा जिल्लाअध्यक्ष विशाल दर्लामी, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुवँर, जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष नारायण कुवँर, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले समितिलाई शुभकामना दिदै निष्पक्ष, निर्भिक र स्वतन्त्र भएर काम गर्न समतिलाई सुझाव दिएका छन्