काठमाडौं। आज चैत शुक्ल अष्टमी अर्थात हिन्दु नेपालीहरुको पर्व चैते दसैं । आजको दिन देवीको पूजा र उपासना गरी यो पर्व मनाइँदै छ।
असत्यमाथि सत्यको विजय भएको रुपमा मनाइने यो पर्व बडा दशैं पछिको एक हो । बडादसैं असोजमा मनाइन्छ भने चैतमा मनाइने यो पर्वलाई चैते दसैंका रुपमा मनाउने प्रचलन रहेको छ ।
चैते दसैंको असोजमा पर्ने वडादसैं जस्तो धुमधामका साथ नमनाए पनि चैतमा अष्टमीको दिनलाई दसैं भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् ।
दसैंमा घर घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । आजका दिन काठमाडौंसहित देशभरका शक्तिपीठहरुमा देवीको पुजा र आरधना गरी यो पर्व मनाइदै ।
यो वर्ष कोरोना संक्रमणमा कमी आएसंगै परिवार र नतलनाताहरु जमघट भएर पर्वमा उत्साह थपिएको पनि देखिएको छ ।
असोजमा गरिने दुर्गापूजा, रातो टीका र जमरा लगाउने कार्य भने चैते दसैंैंमा गरिदैन । तर यसको महत्वबारे शास्त्रमा वर्णित गरिएको छ ।