
तानसेन । पाल्पाको रानीमहलमा संचालित प्रथम सञ्जय स्मृति महिला बिच भलिबलको आज फाइनल खेल हुँदैछ।
हिजो भएको खेलमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेसंगै आज बिहान ११ बजेदेखि फाइनल खेल हुने छ ।
शुक्रबार गण्डकी प्रदेशविरुद्ध २१–१९, २१–१४को नतिजामा जित निकाल्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै सेमिफाइनल समीकरण अन्तर्गत पहिलो खेलमा समूह ‘ए’को विजेता एपिएफलाई समूह ‘सी’को उपविजेता लुम्बिनीले १७–२१, १३–२१ को नतिजामा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
आजै सेमिफाइनलमा पराजित भएका सुदुरपश्चिम र गण्डकी प्रदेश बिच तेस्रो स्थानका लागि खेल हुनेछ । बिहिबारदेखि सुरु भएको प्रतियोगितामा दुई विभागिय र सात प्रदेश गरि नौं टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले एक लाख रुपैंया र उपविजेताले ५० हजार रुपैंया प्राप्त गर्नेछन् । तेस्रो हुनेले ३० हजार र उत्कृष्ठ खेलाडीले २० हजार पाउने आयोजकले जनाएको छ।