तानसेन। रामपुरमा जीप दुर्घटना चार जना घाइते भएका छन् ।

आइतबार बेलुका रामपुर नगरपालिका वडा नं. २ बटरामा भलायटारबाट स्याउली बजारतर्फ जाँदै गरेको लु १ ग ५७०९ नं.को जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कालीगण्डकी करीडोरबाट झण्डै सय मिटर तल खसेको पछि जीपका चालक रामपुर १ स्याउली बजारको २८ वर्षीय सन्जु श्रेष्ठ,सोही स्थानको २५ वर्षीय मनोज सिग्देल,३५ वर्षीय सुर्य श्रेष्ठ तथा स्याङ्जाको वालिङ ६ का २२ वर्षीय मनोज क्षेत्री घाइते भएकाे  प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको हुँदा प्राथमिक उपचार पश्चात पोखरास्थित मणिपाल अस्पताल रेफर गरिएको र सूर्य श्रेष्ठको रामपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया