तानसेन। कोरोना संक्रमण कमी आएसंगै पाल्पाको भैरवस्थान मन्दिरमा भक्तजनको चाप बढेको छ ।

नयाँ वर्ष सुरु भएसंगै मन्दिरमा भगवती माइको नयाँ मूर्तिसमेत स्थापना गरिएको हुँदा सर्वसाधारणको भीड लागेको हो ।कोरोनाले थलिएको र पुननिर्माण समेत सकिएको हुँदा अहिले मन्दिर व्यवस्थापन समितिले पञ्चवली चढाएको र क्षमा पूजा सकेपछि सर्वसाधारणका लागि खुल्ला गरेको छ ।

पछिल्लो दुई दिन यता मात्रै तीन वर्षको अवधिमा सबैभन्दा धेरै भक्तजन मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले जनाकारी दिए ।

यसैबीच बैंशाख १ गते मन्दिरको जीर्णोद्वार सकिएको हुँदा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उद्घाटन समेत गरेका छन् । पुनःनिर्माण प्राधिकरणको सहयोगमा पुरातत्व विभागले भैरव मन्दिरको ४ करोड ३४ लाख रुपैयाँको लागतमा टेण्डरगरी जीर्णोद्वार गरेको हो । पछिल्लो पटक मुख्य मन्दिर जीर्णोद्वार सकिएपछि मन्दिर नयाँ स्वरुपमा देखिएको छ ।

त्यसअघि पनि ३ करोड बढी खर्च गरी मन्दिरको जीर्णोद्वार भएको थियो । भैरवबाबाको दर्शन गर्नका लागि देशका विभिन्न जिल्लासंगै भारतकाबाट समेत बाक्लो रुपमा भक्तजनको उपस्थिती हुँदै आएको छ।

तपाईको प्रतिक्रिया