घरबाट लडेर तानसेनमा एक जनाको मृत्यु

तानसेन। पाल्पामा घरको पेटीबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं. ४ का ६१ वर्षीय केशब महर्जन रहेको प्रहरीले जनाएको छ।

उनको बिहीबार बेलुका मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले दिएको जानकारी अनुसार महर्जन आफ्नै घरको पेटीमा लडेर घाईते भएका थिए।

उनको बिहीबार राति सभा दश बजेको समयमा प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचरका क्रममा मृत्यु भएको हो ।

घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer