नयाँ वर्षमा गैरेले ल्याए पञ्चेबाजा गीत ‘सिन्दुरको धर्काले’

काठमाडौं । गायक पुरुषोत्तम गैरेले पञ्चेबाजा गीत सार्वजनिक गरेका छन् ।

नयाँ वर्षको अवसर पारेर गायक गैरेले ‘सिन्दुरको धर्काले’ बोलको पञ्चेबाजा गीत सार्वजनिक गरेका हुन् । यो गीतमा पुरुषोत्तमसँगै गीताञ्जली योगीले स्वर दिएकी छन् । गायक गैरेकै शब्द एवं संगीत रहेको गीतलाई कृष्ण बि.केले एरेन्ज गरेका हुन् ।

राजेन्द्र बस्याल (राजु)को निर्देशनमा तयार भिडियोमा कामना न्यौपाने, गोकुल खनाल, राज थापा, सुरज बस्याल, राजु बस्याल, सिर्जना मश्राङ्गी, अञ्जली बस्याल, प्रमिशा बस्याल लगायतको अभिनय छ ।

विजय पोखरेलको छायाँकन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।

हेर्नुहाेस भिडियाेः

तपाईको प्रतिक्रिया