
तानसेन। पाल्पामा शनिबार एक् बालक मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको बगनासकाली गाउँपालिका वडा नं.८ घिमिरेडाँडास्थित सीता घिमिरेको छोरा शसी घिमिरे मृत फेला परेको प्रहरीले जनाएको छ ।
गत चैत ३० गतेदेखि घरबाट हराएका घिमिरे शनिबार घर नजिकैको खोल्सामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिए ।
बालक खोलामा रहेको पानीमा डुवेको अवस्थामा मृत फेला पारेको हुँदा घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।