
तानसेन। हनुमान जन्मजयन्तीको अवसरमा तानसेन टक्सारमा रहेकाे हनुमानको रथयात्रा निकालिएका छ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमानको जन्मजयन्तीको अवसरमा रथयात्रा निकालिएको हो ।
कोरोना महामारीका कारण तीन वर्षदेखि नृत्य पुजामा मात्रै सिमित भएको रथयात्रा यसवर्ष भने भव्यताकासाथ बजार परिक्रमा गरेर निकालिएको छ ।
कोरोना संक्रमणमा कमी आएसंगै भक्तजनको बाक्लो उपस्थितीमा हनुमानको रथयात्रा निकालिएको हो । हनुमानको मूर्तीलाई रथमा राखी तीन पटक घुमाएर उठाई नगर परिक्रमा गरी मूर्तीलाई पुनः मन्दिरमा भित्र्याइएको मन्दिर व्यवस्थापन समितिका सदस्य रजीव शाक्यले बताए ।
पाल्पा सदरमुकाम तानसेन काठमाडौं उपत्यकापछिको सबैभन्दा धेरै जात्रा निकालिने नगर भएका कारण पनि रथयात्रामा स्थानीय जनसमुदायको बाक्लो उपस्थिती रहेको थियो ।
खासगरी आजको दिन हनुमानको पूजा आराधना गर्नाले बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वासका कारण पनि भक्तजनको बाक्लो उपस्थिती रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
सबै तस्वीर कमल अधिकारी/नयाँधार