मिसन अस्पतालले स्वास्थ्य बीमाको उपचार नरोक्ने

तानसेन। पाल्पाको युनाइटेड मिसन अस्पतलाले स्वास्थ्य बीमाको बिरामीको उपचारलाई निरन्तरता दिने भएको छ ।

यसअघि स्वास्थ्य बीमा बोर्डबाट समयमा रकम भुक्तानी नपाएर सेवा बन्द गर्ने निर्णय भएपनि रकम उपलब्ध भएसंगै सेवा निरन्तर हुने भएको हो ।

स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी हुन बाकी १२ करोडबढी रकममध्ये दुई करोड ७५ लाख रकम भुक्तानी पाएपछि सेवालाई निरन्तरता दिने निर्णय भएको अस्पतालकी निर्देशक रचेल कारखले जानकारी दिइन् ।

बीमा बोर्डले हालका लागि २ करोड ७५ लाख ७४ हजार भुक्तानी दिएको र आगामी महिनादेखि हरेक महिना नियमित भुक्तानी गर्ने समझदारीका आधारमा सेवा सुचारु गरिएको प्रमुख कारखले बताईन् ।

यसअघि बोक्यौता रकम भुक्तानी नहुँदा अस्पतालको प्रशासनिक खर्च संचलनमा समेत समस्या रहेको भन्दै आजैदेखि सेवा बन्द गर्नेगरी अस्पतालले सूचना निकालिको थियो ।

पाल्पा सदरमुकाम तानसेनमा रहेको यो अस्पतालमा दैनिक तीनसयदेखि ७ सयसम्म बिरामीले उपचार गराउदै आएका छन् भने उपचारका लागि छिमेकी जिल्लाहरुबाट समेत बाक्लो रुपमा बिरामीहरु आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

हेर्नुहोस अस्पतालले निकालेको विज्ञप्ति

तपाईको प्रतिक्रिया