कचल पहिरोमा बेपत्ता पुरुष मृत भेटिए

पाल्पा ।पाल्पामा सुख्खा पहिरोमा परि एक जना बेपत्ता भएका पुरुष मृत फेला परेका छ्न ।

मंगलबार बेलुकादेखि तिनाउ गाउँपालिकाको वडा नं. १ कचलस्थित कचल फाँट सिंचाई आयोजनाको काममा खटिएका अन्दाजी ५५ वर्षीय डिल बहादुर हिस्की आज बिहान मृत भेटिएका हुन्।

हिजोदेखि बेपत्ता हेस्कीको खोजी गर्न दोभान प्रहरी चौकी र स्थानीयको रातिसम्म खटिए पनि पत्ता नलाएपछि आज बिहान खोजी गर्दा पौने सात बजेतिर शव फेला परेको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार हिस्कीलाई कुलो खन्ने क्रममा झरेको सुख्खा पहिरोले पुरेको थियो ।

तपाईको प्रतिक्रिया