सातौं कृषि गणना सुरु

तानसेन। सरकारले प्रत्येक १०।१० वर्षमा गर्दै आएको कृषि गणना पाल्पामा पनि सुरु भएको छ। सातौं कृषि गणना अन्तरगत जिल्लाका दश स्थानीय तहमा कृषि सम्बन्धि गणना गर्नका लागि ६१ जना गणक र १६ जना सुपरीवेक्षक खटिएका छन् ।

जिल्लाभर गरी एक सय ६४ क्षेत्रमा विभाजन गरी कृषि सुरु गरिएको कृषि गणना अधिकृत भविश्वर घिमिरेले जानकारी दिए । दश स्थानीय तहका ८० वटा वडा मध्ये तानसेन नगरभित्रका ४ वटा बाहेक सबै वडामा कृषि गणना गरिने पनि अधिकृत घिमिरेले जानकारी दिए ।

जस अनुसार रामपुरमा २०, तानसेनमा १६, निस्दी र माथागढीमा १७।१७, तिनाउ, पूर्वखोला, रम्भा, रिब्दीकोटमा १५।१५, रैनादेवी छहरामा १८ र बगनासकालीमा १६ गणना क्षेत्र तोकिएको छ ।

जिल्लाका चार हजार एक सय कृषक परिवारको तथ्याङ्क लिइने तथ्याङ्क कार्यालयले जनाएको छ । गणनाको लागि गणक र सुपरीवेक्षकलाई तालिम दिएर गाउँगाउँमा खटाइएको छ ।

हाल हरेक स्थानीय तहमा ६ देखि ७ जना गणक र १ देखि २ जना सुपेरीवेक्षक खटिएका छन् । वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म सञ्चालन हुने कृषि गणना स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ ।

तथ्याड्क संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । सातौँ कृषि गणनामा गणकले संकटमा रैथाने पशुपक्षीको तथ्याड्ढ, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याड्ढ संकलन गर्ने छन् ।

राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई मुख्य २४ प्रश्न सोधिन छ । यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागतरुपमा बाँझो जमिनको तथ्याड्क संकलन गरिने छ ।

यसअघि विसं २०६८ मा कृषि गणना गरिएको थियो भने नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer