जनस्वास्थ्यका मापदण्डको पालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडाैं। सरकारले कोरोना भाइरस संक्रमण जोखिम बढेको भन्दै जनस्वास्थ्यका मापदण्डको पालन गर्न अनुरोध गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबर एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरुमा सङक्रमण दैनिक रुपमा बढेको हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको हो।

मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्राद्धारा जारी विज्ञप्तिमा सङ्क्रमण संख्यात्मक रुपमा कमी देखिए पनि जोखिम कायमै रहेको हुँदा स्वास्थ्य मापदण्डको पालनामा ध्यान दिन अनुरोध गरिएको छ ।

यस्तै कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरेकाले खोप लगाउन र समयका पुगेकालाई बुस्टर डोज लगाउन आग्रह गरिएको छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्तिः

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer