पाल्पाका दशैं स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

तानसेन। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पा सदरमुकाम तानसेनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

यस्तै जिल्लाका अन्य नौं वटा स्थानीय तहमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला सदरमकाम तानसेनमा जिल्ला अदालत पाल्पाका न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले मुख्य निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन ।

उद्घाटन गर्दै अधिकृत केसीले सबैको सहयोगमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने बताए ।

यसैबीच आज जिल्लाका दशैं स्थानीय तहमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत अन्य कर्मचारी र आजदेखि नै शुरक्षा निकायको टोली समेत खटाइएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न सबै स्थानीय तहहरुको समन्वयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिए।

पाल्पामा यो वर्ष एक लाख ९९ हजार ६९० जना मतदातले निर्वाचनमा भाग लिने निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer