हरेक नागरिकलाई आत्मनिर्भर बनाउने छौंःमन्त्री राना

तानसेन। लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बीर बहादुर रानाले हरेक नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्यमा प्रदेश सरकार लागि परेको बताएका छन् ।  मन्त्री रानाले नागरिकको जीवनस्तरसंग जोडिएका हरेक व्यवसाय गर्दा हुन सक्ने जाखिम न्यूनिकरण लागि पनि कानून निर्माण गरेर कार्यान्वय गर्नुपर्ने बताए ।

पाल्पाको तानसेनमा धातुबाट मूर्ती बनाउने श्रमिकहरुका लागि व्यवसाय सुरक्षा र स्वास्थ्य सम्बन्धि समेतनामूलक तालिमलाई सम्बोधन गर्दै मन्त्री रानाले दीर्घकालिका रुपमा नागरिकलाई काम र श्रमका आधारमा उसको जीवन सार्थक बनाउने लक्ष्यका साथ प्रदेश सरकारले काम गर्ने बताएका हुन् ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालको श्रम तथा व्यवसाय सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा पाल्पा हस्तकला उद्योग संघको समन्वयमा दुई दिने तालिम तानसेनमा सुरु भएको हो ।

सुनचाँदी निर्माण गर्ने कालिगण तथा धातुवाट मूर्ती बनाउने श्रमिकहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक द्वए उदय कुमार महतो र शतीस उपाध्यायले सहजिकरण गरेका छन् ।

तालिमको सुरभारम्भ कार्याक्रममा प्रत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, उद्योग वाणिज्य संघ पाल्पाका अपाध्यक्ष यादवसिह कार्की तथा पाल्पा हस्तकला उद्योग संघकी अध्यक्ष शोभा शाक्यले धातु तथा अन्य क्षेत्रमा काम गर्दा सुरक्षाका सावधानी सम्बन्धि ज्ञान नहुँदा श्रमिकहरुको जन गएको सन्दर्भमा सुरु भएको तालिमले रुमिकको स्वास्थ्य सुरक्षा तथा जीवनरक्षाका लागि टेवा पुग्ने बताए ।


यस्तै तालिकका प्रशिक्षक उदय कुमार महतोले श्रमिकलाई सुरक्षा सम्बिन्धि जानकारी दिइने र स्वास्थ्य क्षेत्रमा अपनाउन पर्ने साववधानीका विषय पनि सिकाइने बताए ।

पाल्पामा यसअघि पनि ग्रील उद्योगमा काम गर्ने श्रमिकलाई तालिम दिएको प्रशिक्षक महतोले बजानकारी दिए । तालिममा २० जनाबढी श्रमिकहरु सहभागी रहेका छन् ।

तपाईको प्रतिक्रिया