तानसेन । पाल्पामा पाचँ दलीय गठबन्धनले सबै स्थानीय तहका प्रमुख र उप-प्रमुखको भागवण्डा टुङ्गो लगाएको छ ।
शनिबार बसेको सत्ता साझेदार दलका नेताहरुको बैठकले नेपाली काग्रेँसका लागि ६ स्थानीय तहमा प्रमुख तथा ६ वटामै उपप्रमुख, नेकपा माओबादी केन्द्रका लागि दुई प्रमुख तथा तीन उपप्रमुख र नेकपा एकीकृत समाजवादीका लागि दुई प्रमुख तथा एक उपप्रमुखमा टुङ्गो लगाएको हो ।
लामो समयदेखि चलेको छलफलपछि तानसेन र रामपुर नगरपालिकासहित, माथागढी, बगनासकाली, निस्दी, रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसले नेतृत्व पाउने भएको छ ।
यस्तै माओवादी केन्द्रले तिनाउ र रिब्दीकोट गाउँपालिका, एकीकृत समाजवादीले रम्भा र पूर्वखोलामा पालिकाको नेतृत्व लिने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र विश्वकर्माले जानकारी दिए ।
यस्तै उपप्रमुखमा नेपाली काग्रेँसको रामपुर नगरपालिका, माथागढी, पूर्वखोला, रिब्दीकोट, तिनाउ र रम्भा गाउँपालिकमा उम्मेदवारी दिने सहमती भएको छ । यस्तै माओवादी केन्द्रले तानसेन नगरपालिका, निस्दी र रैनादेवी छहरा गाउँपालिका तथा एकीकृत समाजवादीले बगनासकाली गाउँपालिकामा उपाध्यक्ष लिने सहमति भएको नेता विश्वकर्माले जनाकारी दिए ।
प्रमुख र उपप्रमुखको भागवण्डा मिलेसंगै वडा अध्यक्ष र सदस्यहरुके सहमती जुटाउन सत्ता साझेदार दलहरुको बैठक जारी रहेको बताइएको छ ।