मालपाेत र नापी कार्यालयकाे सेवा बन्द

तानसेन। मालपोत कार्यालय र नापी कार्यालय पाल्पाले आजदेखि सेवा बन्द गरेको छ । विशालबजार र असनटोलमा भाडामा रहेका यी दुई कार्यालयले कार्यालय स्थानान्तरणका लागि एकहप्ता सेवा बन्द गर्ने भएका हुन् ।

सूचना जारी  गर्दै मालपोत र नापीको एकीकृत कार्यालय घरेलु कार्यालयसँगै निर्माण सम्पन्न भएकोले कार्यालय स्थानान्तरणको लागि सेवा बन्द गर्नुपरेको मालपोत कार्यालय पाल्पाका प्रमुख विष्णु खनालले जानकारी दिए ।

मालपोतले ८ गते सूचना जारी गरेर ११ देखि १६ गतेसम्म कार्यालयको श्रेस्ता, लिखत लगायतका कागजातहरु नयाँ भवनमा सार्ने र त्यसपछि नयाँ भवनबाटै सेवा सुचारु गरिने जनाएको छ । यस्तै नापी कार्यालयले  पनि सोही अनुसारको सूचना जारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया