तानसेनका दुई वडामा स्वतन्त्र उम्मेदवार!

तानसेन। पाल्पाको तानसेन नगरपालिकाका दुई वटा वडामा स्वतन्त्र उम्मेदवारले मनोनया दर्ता गरेका छन् ।

तानसेन नगरपालिका अन्तरगत वडा नं. ५ र वडा नं. ९ को वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको हो । तानसेन ५ को वडा अध्यक्षका लागि धरमपानीका धन बहादुर कार्की र वडा नं. ९ मदनपोखराका लागि विष्णप्रसाद भण्डारीले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालय पाल्पाका सहायक निर्वाचन अधिकृत भेषराज खनालले जानकारी दिए ।

यी बाहेक तानसेनमा कुनै व्यक्तिको उम्मेदवारी नपरेको सहायक निर्वाचन अधिकृत खनालले बताए ।

तपाईको प्रतिक्रिया