तानसेन। नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ ।
पाँच दलीय गठबन्धनमा भागबण्डा भए अनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो । जसअनुसार तानसेनमो प्रमुखमा सन्तोषलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । यस्तै रामपुर नगरपालिका रमणबहादुर थापा र उप–प्रमुखमा बालकुमारी थापाले उम्मेदवारी दिने केपाली काग्रेँस पालपाले जनाएको छ ।
यस्तै निस्दी गाउँपालिका अध्यक्षमा गोविन्द प्रसाद अर्याल र पूर्वखोला गाउँपालिका उपाध्यक्षमा बिष्णु कुमारी आचार्य उम्मेदवारी दिने भएका छन् । उता उपप्रमुख पाएको रम्भा गाउँपालिकामा विष्णु कुमार थापाले उम्मेदवारी दिने छन् । यस्तै माथागढी गाउँपालिका अध्यक्षमा सन्तोष थापा र उपाध्यक्षमा विजया भट्टराई तथा बगनासकाली गाउँपालिका अध्यक्षमा सुनिता अधिकारी रिब्दीकोट गाउँपालिका उपाध्यक्षमा शान्ता अधिकारीले उम्मेदवारी दिनेछन् ।
रैनादेवी छहरा गाउँपालिकामा रूक्मागत भट्टराई र तिनाउ गाउँपालिका उपाध्यक्षमा लालबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस सूचना विभाग प्रमुख सन्तोष कुमार थापाले बताए ।
पाल्पामा सत्तासाझेदार पाचँ दलीय गठबन्धको बैठकले नेपाली काग्रेसलाई दुई नगरको प्रमुखसहित ६ स्थानीय तहमा प्रमुख र एक नगरसहित छवटै स्थानी तहमा उपप्रमुखको जिम्मेवारी दिने भागबण्डा भएको थियो ।