
तानसेन। पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निस्दी इन्चार्ज दमनसिंह पाटा मगरले बागी उम्मेदवारी दिएका छन् ।
एमाले जिल्ला सदस्य समेत रहेका पाटाले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । उनले आज दिउसो निस्दीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षमा टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता पाटाले बताए।
नेकपा एमालेले निस्दी गाउँपालिका अध्यक्षमा यसअघिकै अध्यक्ष मुक्तबहादुर सारुलाई उम्मेदवार बनाएको छ ।