
तानसेन। पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्ष पदमा दुई जना महिलाले उम्म्ेदवारी दिएका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता साझेदार दलबाट सुनीता अधिकारी तथा नेकपा एमालेको तर्फबाट सरस्वती चिदीले उम्मेदवारी दिएका हुन्। यस्तै स्वतन्त्र उम्मेवारी दिनेमा पनि थप एक जना महिला रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदरका रुपमा अम्विका पाण्डेलये उम्मेदवारी दिएकी छिन् ।
नौ वडा रहेको यो पालिकामा चिदी यसअघि उपाध्यक्ष पदमा निर्वाचित भएर थिइन् भने,अधिकारी नेपाली कांग्रेसको जिल्ला सचिव हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचन नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसले तालमेल गर्दा समेत माओवादीका उम्मेदवारलाई पछि पार्दै चिदी निर्वाचित भएकी थिइन। यद्यपी अहिले माओवादीसहित एकीकृत समाजवादी लगायतका पाचँ दलीय गठबन्धन र नेकपा एमालेबीच हुन लागेको चुनावी प्रतिस्पर्धा रोचक हुने मानिएको छ।
पाल्पामा अन्य कुनै स्थानीय तहमा महिलाबीच प्रतिस्पर्धा नभएका कारण पनि सबैको चासोका विषयमा बगनासकाली गाउँपालिका परेको हो ।
बगनासकालीसहित जिल्लाका दशैं स्थानीय तहमा हालसम्म पनि मनोनयन दर्ताको काम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।