पाल्पामा गठबन्धन दलबाट उम्मेदवारी दिनेहरू [नामसहित]

तानसेन। आसन्न स्थानीय तहको निर्वाचनका लागि आज भएको मनोनयन दर्तामा पाल्पामा सत्ता गठबन्धन दलले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।

जसअनुसार काँग्रेसको भागमा परेको माथागढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सचिव सन्तोष कुमार थापाले अध्यक्ष र विजया भट्टराईले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

त्यसै गरी वडा नं १ को वडा अध्यक्षमा महेन्द्र जि.सी वडा नं २ को अध्यक्षमा जनक रिजेल, वडा नं ३ को अध्यक्षमा दिपक थापा, वडा नंं. ४ को अध्यक्षमा मधु पराजुली, वडा नं. ५ को अध्यक्षमा गणेशजङ गाहा, वडा नं. ६ को अध्यक्षमा युब बहादुर ठाडा, वडा नं. ७ को अध्यक्षमा जगबहादुर दर्लामी र वडा नं. ८ को अध्यक्षमा दिलबहादुर ढेगाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै रैनादेवी छहरा गाउँपालिकामा पनि गठबन्धन दलले उत्साहजन रुपमा उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसको भागमा परेको पालिका अध्यक्षमा रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै वडा नं. १ को अध्यक्षमा सोम बहादुर दर्लामी , २ को अध्यक्षमा दान बहादुर पौडेल, ३ को अध्यक्षमा प्रदीप पौडेल ४ को अध्यक्षमा लक्ष्मण रायमाझी, ५ को अध्यक्षमा हुमान सिंह कार्की ६ को अध्यक्षमा डोम बहादुर घर्ती ,७ को अध्यक्षमा दवेन्द्र पुन र वडा नं. ८ को अध्यक्षमा थमन बहादुर रानाले उम्मेदवारी दर्ता गराएका छ्न । उम्मेदवारी दर्ता गराएका मध्ये वडा नंबर १ र ३ मा माओवादी केन्द्रका उम्मेदवार रहेका छन् ।

सत्ता साझेदार दलहरुबीच भएको गठबन्धनमा भागबण्डा नमिलेको भन्दै नेकपा एकीकृत समाजवादीले भने छुट्टै उम्मेदवारी दिएको छ । वडा नं. २ सोमादीमा पूर्ण बहादुर भण्डारी, वडा नं. ४ मा सारदा रायमाझी र मीना बराल ५ मा ज्ञान बहादुर कार्की र वडा नं. ७ मा सूर्य बहादुर कार्कीले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

यस्तै रम्भा गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका दुर्गा प्रसाद अधिकारी र कांग्रेको तर्फबाट उपाध्यक्ष पदमा बिष्णु थापाले उम्मेदवारी दर्ता गरेका छन् । रम्भाको वडा नं. १ को वडा अध्यक्षमा इश्वर काफ्ले, वडा नं. २ को वडा अध्यक्षमा रमेश पछाई, वडा नं. ३ को वडा अध्यक्षमा थम्मनबहादुर गाहा, वडा नं. ४ को वडा अध्यक्षमा चेत नारायणश्रेष्ठ र वडा नं. ५ को वडा अध्यक्षमा बिष्णु बहादुर काम्मु थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।

यस्तै तानसेन नगरपालिकामा गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सन्तोष लाल श्रेष्ठले प्रमुख र नेकपा माओवादीका उम्मेदवार प्रतीक्षा सिंजालीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

रामपुर नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार रमण बहादुर थापा र उप–प्रमुखमा बालकुमारी थापाले उम्मेदवारी दिए । रिब्दीकोट गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार नारायण बहादुर कार्कीले अध्यक्ष र काँग्रेसका उम्मेदवार कान्ता अधिकारीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

तिनाउ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार राजेश श्रेष्ठ र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार लालबहादुर थापाले उपाध्यक्षमा उम्मेदवारी दिए ।

यस्तै पूर्वखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार मिन गिरीले अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दिएका छन् ।

निस्दी गाउँपालिकामा गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्यालले अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद खत्रीले उम्मेदवारी दिए ।

यस्तै बगनासकाली गाउँपालिमा गठबन्धनको तर्फबाट अध्यक्षमा काँग्रेसका जिल्ला सचिव सुनिता अधिकारी र उपाध्यक्षमा नेकपा एस (एकिकृत समाजवादी) का उम्मेदवार कमल पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया