
तानसेन । तानसेन नरानीमहल सडक खण्ड स्तरउन्नती गर्नका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।
पश्चिम नेपालको पर्यटकीय गन्तव्यका रुपले परिचित रानीमहलसम्म पुग्ने ग्राभेल सडकमा कालोपत्रे गर्नका लागि आगामी बैशाख २१ गतेसम्म सडक बन्द गरिएको हो ।
पूर्वाधार विकास कार्यालय पाल्पाले एक हप्ते सूचना जारी गर्दै सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।
निर्माण व्यवसायीले गुणस्तरीय सडक निर्माण गर्न, कालेपत्रे गुणस्तरीय बनाउन, विग्रिएका स्थानमा मर्मत सम्भारका लागि जिल्ला प्रशासन र पूर्वाधार विकास कार्यालयसँग अनुरोध गरेपछी कार्यालयले एकहप्ते सार्वजनिक सूचना मार्फत सडक पूर्ण रुपमा बन्द गर्न लागे कार्यालयका प्रमुख अरुण कुमार गुप्ताले जानकारी दिए ।
तानसेनदेखि १३ किलोमिटरको दुरीमा रहेको रानीमहल दरबार पुग्न बाकी ४ किलोमिटर सडकमा नयाँ कालोपत्रे गर्न लागिएको हो । कोरोना संक्रमणमा कमी आएसंगै रानीमहल घुम्न दैनिक ३ सयबढी पर्यटक आउने गरेको तानसेन नगरपालिकाले जनाएको छ ।