
काठमाडौं। शुक्रबार बेलुकादेखि देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।
भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अहिले उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो प्रणली सक्रिय हुँदा प्रदेश–१, बाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । यस्तै लुम्बिनी प्रदेशका केही जिल्ला तथा कर्णाली र सूदुरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पानी पर्ने क्रम बढ्दै जाने र तापक्रम घट्ने क्रममा रहेको मौसमविद्ले बताएका छन् । जसका कारण जनजीवन प्रभावित हुने हुँदा सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।