तानसेन। पाल्पामा आगामी बैशााख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन विभिन्न दलबाट र स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका ७५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।
दलमा आबद्ध नेता कार्यकर्ता र स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका ७५ जनाले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचनको कार्यालय पाल्पाले जनाएको छ । दिुई नगरपािलका र आठ गाउँपालिकामा गरी ८१ वटा वडामा चार सय २५ जना नयाँ प्रतिनिधि चयन गर्न हुन लागेको निर्वाचनमा हाल एकहजार ७२ जनाको मात्रै उम्मेद्वारी कायम भएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिए । जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धन दलसँग रुष्ट रहेका स्वतन्त्र उम्मेद्वार सहित १७ जनाको फिर्ता भएको छ ।
यस्तै रिब्दीकोटमा आठ, तानसेनमा आठ, बगनासकालीमा १९, तिनाउमा छ, माथागढीमा तीन जना उम्मेद्वारले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकारी अर्यालले बताए ।
यस्तै पूर्वखोला र निस्दीमा १।१ र रामपुरमा १२ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । रम्भामा भने कसैले पनि उम्मेद्वारी फिर्ता नलिएको उहाँले बताए ।
उम्मेद्वारी फिर्ता लिएपछि रैनादेवी छहरामा एक सय दुई, रिब्दीकोटमा ९२, बगनासकालीमा एक सय ४६, तिनाउमा ७६, माथागढीमा एक सय ३३, निस्दीमा ८३, पूर्वखोलामा ७१, रम्भामा ६१, रामपुरमा एक सय २६ र तानसेनमा एक सय ८२ जनाको उम्मेद्वारी कायम भएको छ ।
आगामी निर्वाचनमा पाल्पाका कुल एक लाख ९९ हजार ६९० जना मतदाताले मतदान गर्नेछन् ।