तानसेन। पाल्पामा पौडी खेल्ने क्रममा डुबेर एक जना पर्यटकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको गोरखपुरका अन्दाजी ३५ वर्षीय अंकित श्रीवास्तव रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तिनाउ गाउँपालिकाको वडा नं. ३ ड्यामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेहोस भएका उनको उद्दार पछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।
उनीसंगै घुम्न आएका अन्य साथिहरुको सहयोगमा अस्पताल पुर्याइएको थियो ।
गर्मी महिना लागेसंगै तिनाउको भुतखोलामा यसअघि २ जनासहित हालसम्म तीन जना पर्यटकले ज्यान गुमाइसकेको पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।