चर्चरेमा जीप दुर्घटना, एकको मृत्यु, दुई जना गम्भीर घाइते

तानसेन। सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना परी दुई जना घाइते भएका छन् ।

बिहीबार बेलुका भएको दुर्घटनामा रामपुर नगरपालिका वडा नं. ३, का ४२ वर्षीय सूर्यप्रसाद श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले दिएको जानकारी अनुसार बिहीबार बुटवलबाट पाल्पाको रामपुरतर्फ आउदै गरेको लु १ च ७७८० नम्बरको बलेरो जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी जीपका चालक निस्दी गाउँपालिका वडा नं.४, का २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका वडा नं.३, का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन् ।

घाइतेमध्ये श्रेष्ठको अवस्था गम्भीर रहेको र दुवै घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि तीन सय मिटर तल खोलामा खसेको र दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया