छहरामा विप्लवले एमालेलाई सहयोग गर्ने

तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले एमालेलाई सहयोग गर्ने भएको छ ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनमा रैनादेवी छहरा गाउँपालिकामा नेकपा एमालेलाई सहयोग गर्ने विप्लव समूले वित्रप्तिमार्फत जानकारी दिएको हो ।

उक्त समूहले सरकारले गरेको गलत कामको विरुरुद्धमा निरन्तर आवाज उठाउदै आएको जानकारी गराउदै विगतका बिरासलाई जोगाउन एमालेलाई निर्वाचनमा सहयो गर्ने निर्णय भएको विप्लव सूहका रैनादेवी छहरा गाउँपालिका इन्चार्ज नारायण केसीले जानकारी बताए ।

यसैबीच सबै वडामा रहेका विप्लव नेतृत्वका नेता तनाकार्याकर्ताले नेकपा एमालेको सूर्य चिन्नमा मतदान गर्न पनि विज्ञपितमार्फत जानकारी दिइएको छ ।

आगामी निर्वाचनमा एमालेलाई पराजय गराउने उदेश्यले गठबन्धन एक जुट भएर लागेको हुँदा पार्टी संगठनका बलियो बनाउन पनि विप्लव नेतृत्वमा रहेका सबै जनताहरुलाई गोलबन्द गरेर अगाडी बढ्ने नेकपा एमाले रैनादेवी छहराका अध्यक्ष रामप्रसाद ज्ञवालीले बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer