तानसेन।जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदान केन्द्रमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी तालिम दिइएको छ ।
जिल्लाका दुई सय ४७ मतदान केन्द्रमा खटिने चार सय ९५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी जानकारी दिन तालिम दिइएको हो।
जिल्लाभर खट्ने निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसी, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाही, पालिकामा खटिनुभएका निर्वाचन अधिकृतहरू र जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्याललगायतले सहजीकरण गरेका छन् ।
तालिमका बेला मतदान केन्द्रमा अपनाउनपर्ने भूमिका तथा निर्वाचन आचारसंहिताका विषयमा जानकारी दिइएको थियो। यस्तैमतदान अधिकृत र सहायक मतदान अधिकृतलाई चिर्वाचनलाई निपष्क्ष र भएरहित बनाउन तीनै तहका सुरक्षा निकायसंगको समन्वयमा काम गर्न पनि निर्देशन दिइएको थियो ।
एक निे तालिमको पहिलो दिन शुक्रबार रामपुर, माथागढी, पूर्वखोला, निस्दी र रैनादेवीछहरा गाउँपालिकामा खटिने दुई सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।
यस्तै बाकि स्थानीय तहका मतदान र सहायक मतदान अधिकृतहरुलाई शनिबार तालिम दिइने जिल्ला निर्वाचन अधिारीूक्मागत अर्यालले बताए।
तालिम पश्चात निर्वाचन सम्बन्धी सामग्री बुझेर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरू बैशाख २७ गते नै कार्यस्थलमा पुग्ने जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ।