पाल्पा । बगनासकाली गाउँपालिका –४ खानीछापमा ९७ वर्षीय बृद्धले मतदान गरेका छन् । खानीछापका ९७ वर्षिय कपिल देव न्यौपानेले हिमालय माध्यमिक विद्यालय केन्द्रबाट बिहान ८ बजे मतदान गरेका हुन् । उनी परिवारका सदस्यको साथ गाडीमा चढेर मतदान केन्द्र पुगेका थिए ।

अहिलेसम्म कति पटक मतदान गरेँ भन्ने सम्झना नभएको बताउने उनले यो उमेरमा मतदान गर्न पाउँदा खुशी लागेको बताए । मतदानपछि उनले भने, ‘जितेपछि के गर्छन खोइ ! राम्रो गरिदिए हुन्थ्यो । अझ विकास गरिदिए हुन्थ्यो । गाउँठाउँ राम्रो बनाउन भन्छु मैले । फेरी मैले भनेर मात्रै भएन् ।’ सरकारले जे बनाउँछ त्यही भोग्दै जाने समेत उनले बताए । पहिलेदेखि अहिले आउँदा धेरै कुराहरुको विकास भने भएको बताए । ‘पहिले खोला–खोला, पधेँरा गएर पानी बोकेर ल्याउँथ्यौं’ उनले भने, ‘अहिले घरघरै आउँछ पानी ।’

हिमालय माध्यमिक विद्यालय मतदान केन्द्रबाट अन्य ज्येष्ठ नागरिक एवं असक्क्त मतदाताहरुले समेत मतदान गरेका थिए । उनिहरु पनि मतदान गर्न पाउँदा उत्साहित देखिन्थे ।

तपाईको प्रतिक्रिया