पाल्पा । स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका ४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप पञ्चमूलमा दुर्घटनामा परेको हो  । जीप सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरु सबैको सनाखत नभईसकेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । घाइते ११ जनालाई उपचारका लागि पोखरा पठाईएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया