पाल्पा।स्थानीय तह सदस्य निर्वाचनमा पाल्पाबाट ६९. ०२ प्रतिशम मत खसेको छ । मुख्य निर्वाचन कार्यालय तानसेनले दिएको जानकारी अनुसार एक लाख ९९ हजार ६९० मतदाता रहेको पाल्पामा एक लाख ३७ हजार ८३१ जनाले मतदान गरेका हन् ।

जसमध्ये सबैभन्दा धेरै रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको छ छ भने सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो ।

यसैबीच जिल्लाका पूर्वखोला, माथागढी र रम्भा गाउँपालिकामा शनिबार बिहानैदेखी मतगणना कार्य सुरू भएको छ । यस्तै अन्य पालिकाहरूमा पनि मत गणनाको तयारी भइरहेको मतदान अधिकृतको कार्यालयले जनाएका छन् ।

पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रबाट मतदान सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया