
पाल्पा । पाल्पाको दुई नगरपालिकाको मेयरमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । तानसेन र रामपुरको मेयरमा एमालेले सुरुवाती अग्रता लिएको हो । यी नगरपालिकाको उपमेयरमा पनि एमालेकै अग्रता रहेको छ ।
तानसेन नगरपालिकामा वडा नं. १ को २ सय मत गणना हुँदा एमालेको तर्फबाट मेयरका उम्मेद्वार धनेन्द्रराज घिमिरेले ८६ मत ल्याएका छन् । गठबन्धनतर्फबाट मेयरका उम्मेद्वार कांग्रेसका सन्तोषलाल श्रेष्ठले ८५ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा एमालेकी उम्मेद्वार शशी श्रेष्ठले १०४ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओबादी केन्द्रकी उम्मेद्वार प्रतिक्षा सिंजालीले ५५ मत प्राप्त गरेकी छिन् ।
रामपुरमा वडा नं. १ को १ सय १९ मतगणना हुँदा एमालेका उम्मेद्वार शिव अर्यालले ६१ मत पाएका हुन् । कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार रमणबहादुर थापाले भने ३३ मत पाएका छन् । रामपुरमा उपमेयरमा एमालेकी उम्मेद्वार दुर्गादेवी रानाले ६५ मत प्राप्त गरेकी छन् भने गठबन्धनतर्फबाट कांग्रेसकी उम्मेद्वार बाल कुमारी थापाले ३३ मत पाएका छन् ।
पाल्पामा ८ गाउँपालिकामा पनि यतिबेला मतदान जारी छ । जसमा माथागढी ८ को अध्यक्षमा नेपाली कांग्रेसतर्फका उम्मेदवार विजयी भैसकेका छन् भने पूर्वखोला गाउँपालिका १ को अध्यक्षमा एमालेका उम्मेद्वार विजयी भैसकेका छन् ।