पूर्वखोला १ सिलुवामा एमालेको प्यानल विजयी

तानसेन। पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. सिलुवाको वडा अध्यक्षमा नेकपा एमालेका गिरीमान आले विजयी भएका छन्।

आलेले १ हजार ४ सय ८८ मत ल्याएर प्यानलसहित विजयी हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका चुनबहादुर थापाले ४ सय ८६ मत ल्याएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दिएको जानकारी अनुसार वडा नं. १ को मत गणना गर्दा गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट नुनबहादुर थापाले १ हजार ४४१ मत प्राप्त गरेका छन् । एमालेकै उपाध्यक्ष भागिरथी भट्टराईले १ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।

यस्तै गठबन्धनकोतर्फबाट नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार मीनप्रसाद गिरीले ४ सय १ र उपाध्यक्षमा कांग्रेसकी विष्णुदेवी आचार्यले ४ सय ८४ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया