पाल्पा । मतगणनास्थलको बाहिर मतदाताहरु मतपरिणाम सुन्न आतुर देखिन्छन् । पाल्पाका १० वटै स्थानीय तहमा यतिबेला मतगणना भईरहेको छ । र, ति मतगणनास्थल बाहिर मतदाताहरुको बाक्लो उपस्थिति देखिन्छ ।
तानसेन नगरपालिकास्थित मतगणनास्थल बाहिर मतपरिणाम सुन्न मतदाताहरु आतुर देखिन्छन । नगरपालिका अगाडि खुला टुँडिखेल भएका कारण पनि शनिबार यहाँ मतदाताहरुको बाक्लो उपस्थिति रह्यो । तानसेन नगरपालिकामा अहिले वडा नंं १ को मतगणना चलिरहेको छ ।
प्रत्येक सय मतगणना भएपछि मतपरिणाम सुनाईएको छ । शनिबार साँझ ७ बजेसम्म वडा न.ंं १ को ६ सय मतगणना सकिएको छ । जसमा वडाध्यक्षमा कांग्रेस धेरै मतान्तरले अगाडि छ । १ नंं. वडाको ६ सय मतगणना हुँदा मेयर पदमा पनि कांग्रेसले अग्रता लिएको छ ।
तस्वीरहरु :





