रामपुर नगरपालिका –१ मा कांग्रेस प्यानलसहित विजयी

पाल्पा । पाल्पाको रामपुर नगरपालिका –१ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसबाट कपिल खाँड ८ सय ९२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मिन बहादुर खाँडले ८ सय २ मत प्राप्त गरेका छन् । यस वडामा अध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको हो ।

तपाईको प्रतिक्रिया