पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर १ कचलको अध्यक्षमा नेकपा एमालेका भुवन सिंह चिदी विजयी भएका छन् । उनीसहित वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

अध्यक्ष पदमा चिदीले १ हजार १ सय ४१ मत लिएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धन दलका उम्मेद्वार हस्त बहादुर रास्कोटीले ९ सय ७९ मत प्राप्त गरे । चिदीले रास्कोटीलाई १६२ मतान्तरले पराजित गरेका हुन् ।

तिनाउ १ मा कुल २१५० मत खसेको थियो ।

तपाईको प्रतिक्रिया