निस्दी – १ बाकामलाङ्गमा एमालेको प्यानलै विजयी

पाल्पा । निस्दी गाउँपालिका – १, बाकामलाङ्गमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका याम बहादुर राना ७३५ मत सहित वडाअध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका पूर्ण बहादुर खाँडले ६९७ मत प्राप्त गरेका छन् । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा भने यो वडामा खाँडसहित नेपाली कांग्रेसको प्यानल विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया