पाल्पाली गायक गैरेको ‘सुधार केन्द्र’ बोलको गीत सार्वजनिक [भिडियोसहित]

तानसेन । पाल्पाली गायक पुरूषोत्तम गैरेले सुधार केन्द्र बोलको गीत सार्वजनिक गरेका छन् । गैरेले आफू र शान्ती श्री परियारको स्वरमा रहेको गीत आफ्नै यट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

बिमल पौडेलकाे शब्द रहेकाे गीतमा गैरे स्वयमले संगीत  भरेका छन् ।  गीतको भिडियोमा सारिका केसी र रक क्षेत्रीले अभिनय गरेका छन् ।

यो गीतले माया प्रेममा परेका जोडीलाई प्रतिनिधित्व गर्ने गायक गैरेले बताए । उनले भने, ‘प्रेमी र प्रेमीकाबीच लागेको मायाको लतको अन्त्य भनेकै मिलन हो भन्ने सन्देश गीतमार्फत दिन खोजेको छु।’

गीत सार्वजनिक भएको केहीदिन मात्रै भएको हुँदा सोचे अनुसारको भ्युज नपाएको भए पनि टिकटक बनाउने संख्यामा वृद्धि हुनुका साथै सामाजिक सञ्जालमा समेत राम्रो पतिक्रिया आएको हुँदा दर्शक स्रोताले गीत मन पराउने गैरेले दाबी गरे ।

खासगरी लोक गीत तथा रोइला गीतमा चर्चा बटुलेका गैरेले यो वर्ष लागेपछि मात्रै पञ्चेबाजा र यो गीत बजारमा ल्याएका हुन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer