पाल्पाको भलिबल संघमा नयाँ नेतृत्व चयन

तानसेन। जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । संघको तानसेन सम्पन्न तेस्रो अधिवेशनले चार वर्षे कार्यकालका लागि राजु गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो।

जसको उपाध्यक्षमा नारायण शारू तथा देबबहादुर गाहा चयन भएका छन् । यस्तै संघको महासचिवमा कृष्णबहादुर आले, कोषाध्यक्षमा दिलबहादुर गाहालाई चयन गरिएको संघले जनाएको छ ।

संघको सदस्यहरूमा दिपक चौहान,सुशीला गोदार, कमल राना, हिमाल हिस्की, चिरन फाल, प्रिति शाह, तारा बहादुर थापा, पदेना सदस्यमा पदम न्यौपाने,मनोनित सदस्यहरुमा रोशन गाहा, मोहन दर्लामी रहेका छन् ।

त्यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । जस अन्तर्गत केन्द्रीय प्रतिनिधिमा पदम न्यौपाने, प्रदेश प्रतिनिधिमा प्रकाश श्रेष्ठ र अनन्तप्रसाद श्रेष्ठ रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै संघकी केन्द्रीय उपाध्यक्ष निरोज मास्केले जिल्लाको भलिबल क्षेत्रको विकासमा सक्रिय भएर लाग्न नयाँ नेतृत्वलाई आग्रह गरिन । उनले पाल्पालाई भलिबल खेलको हव बनाउने गरी आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन संघलाई अनुरोध गरिन् ।

विशिष्ट अतिथि पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने दिशामा संघ लाग्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया