परम्परागत बाजा संरक्षण गर्दै रम्भा गाउँपालिका

तानसेन। पाल्पाको रम्भा गाउँपालिकाले परम्परागत नौमती बाजा संरक्षण सुरु गरेको छ। पालिकाले वडा नं.३ को गाँडाचौरका दलित समूदायका नागरिकका लागि नौमती बाजा सेट सहयोग गरेर अभियान सुरु गरेको हो ।

पालिकाले परम्परागत पेशा प्रर्वधन कार्यक्रम अन्तरगत आठ जनाको समूहलाई बाजा सेट प्रदान गरेको हो।

बाजा सेट प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पछिल्लो समय नौमती बाजाहरु हराउदै गएको हुँदा यसको संरक्षण्का लागि बाजा प्रदान गरेको बताए ।

उनले बाजाबाट कला, संस्कृति संरक्षण तथा बाजा बजाएर पनि राम्रो आम्दानी लिन सहयोग मिल्ने हुँदा यो बाजा प्रदान गरिएको बताए । नौमती बजा सेट अनुदानमा पाएसंगै आफूहरुको जीवनस्तर सुधारमा सहयोग मिल्ने अपेक्षा रहेको बाजा टोलीका सदस्य धनबहादुर परियारले बताए ।

पालिकाले सनाई, कर्णाल र दमाह, २।२ सेट तथा ढोलकी,टेङ्कु,झ्याली र नरसिङ्गाको १।१ सेट प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer