काठमाडौं ।
‘धुरी गल्यो जग पनि गल्यो,
आमा तिमीले लिपेको घर ढल्यो,
किन झल्को आउँछ हजुर,
मुर्ति बिनाको मन्दिर,
आमा विनाको घर,
उस्तै उस्तै लाउँछ हजुर’ लोकगायक राजु परियारको शब्द, संगीत र स्वरको दशैंतिहार लक्षित गीत सार्वजनिक भएको छ ।

‘आमा बिनाको घर’बोलको गीत शनिबारमात्रै युटयुब च्यानलबाट सार्वजनिक भएको छ ।

टेक बहादुर जिएमको प्रस्तुती रहेको ‘आमा बिनाको घर’को गीतकाे  म्युजिक भिडियो लोकगायक राजु परियारको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा म्युजिक भिडियोमा गायक राजु परियार स्वयंमले अभिनय गरेका छन् । उनको साथमा रश्मी भट्ट, लिलाराम बानियाँ, टेक बहादुर जि.एम, सम्झना कंडेल, सन्तोषी थापा, केशव प्रनेल, वर्षा प्रनेल र सागर प्रनेलको अभिनय रहेको छ ।

नारायण दंगालको एरेन्ज, प्रेमदिप रामजालीको मिक्सिङ रहेको गीत म्युजिक प्लस स्टुडियोमा रेकर्ड भएको हो ।

यो गीतको म्युजिक भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन्।सन्तोष तिमिल्सेनाको छायाँकन, सरोज पाण्डेयको श्रृगार रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् ।

‘जब आउँछ चाडबाडको कुरो, एकान्तमा रोइरहन्छु म टुहुरो किन झल्को आउँछ,

हजुर मुर्ति विनाको मन्दिर आमा विनाको घर उस्तै उस्तै लाउँछ हजुर’

‘न त देखे अमृतको रुख मैले न त देखे आमाको मुख मैले किन झल्को आउँछ हजुर

छोडयौ मलाई आँशुको धारामा, कहाँ छौ आमा जुनमा की तारामा किन झल्को आउँछ हजुर’

‘धुरी गल्यो, जग पनि गल्यो, आमा तिमीले लिपेको घर ढल्यो, किन झल्को आउँछ हजुर’

मुर्ति विनाको मन्दिर, आमा विनाको घर, उस्तै उस्तै लाउँछ हजुर’ गीतमा भनिएको छ ।

गायक राजु परियारले घरमा आमा र मन्दिरमा मुर्तिको महत्व कति भन्न गीतबाट उजागर गरेका छन् । गीतले स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास गायक परियारले लिएका छन् ।

भिडियाे 

तपाईको प्रतिक्रिया