बुद्धिले गरे अनु थिङसँग बिहे

काठमाडौं। अभिनेता बुद्धि तामाङ वैवाहिक सम्बन्धमा बाँधिएका छन् । बुद्धिले आज (शुक्रबार) मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा तामाङे परम्पराअनुसार उनीहरूको विवाह भएको हो ।

विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू, आफन्त तथा नजिकका साथीहरू र केही कलाकारहरूसमेत सहभागि भएका थिए । स्नातक तहमा अध्ययनरत अनु र बुद्धिको मागी विवाह भएको हो ।

‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले पनि चर्चित छन् ।

तपाईको प्रतिक्रिया