तानसेन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाको अधिवेशन यही मंसिर २८ गते हुने भएको छ । प्रतिष्ठानले मंसिर २८ गते बुधबार आठौं अधिवेशन तथा २० औं साधारण सभा गर्न लागेको जनाएको छ ।

पाल्पा सदरमुकाम तानसेनमा सांस्कृतिक कार्यक्रमसँगै अधिवेशन गर्न लागिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष रेखा विष्टले बताईन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम गरी प्रतिष्ठानले लोक सांगितिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान समेत गर्ने जनाएको छ ।

अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका जिल्ला सचिव कमल भट्टराईका अनुसार अधिवेशनका लागि प्रदेश र केन्द्रबाट विशिष्ट व्यक्तिहरुको समेत उपस्थिती रहने छ ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । प्रतिष्ठानमा अहिले विष्टले दुई कार्यकाल नेतृत्व गरी सकेकी छन् । त्यसकारण पनि यस पटक प्रतिष्ठानले नयाँ नेतृत्व पाउने देखिन्छ ।

अध्यक्षमा धेरैको आकंक्षा देखिएपनि अहिलेसम्म कोही पनि खुल्न सकेका छैनन् । प्रतिष्ठानमा सकभर सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने प्रयासमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया