माओवादी केन्द्रका नेता कार्की लोक दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको सचिवमा निर्वाचित

तानसेन। राष्ट्रिय लोक तथा दोहारी गीत प्रटिष्ठान नेपाल रूपन्देहीले हालै नयाँ कार्य समिति चयन भएको छ ।

कार्यसमितिको सचिव पदमा नेकपा माओवादी केन्द्रका नेता तथा गायक विधान कार्की सचिव पदमा निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली लो गीतमा पछिल्लो समय चर्चा कमाउन सफल कार्की नेकपा माओवादी केन्द्र रिब्दिकोट गाउँकमिटीका कोषाध्यक्ष हुन् ।

हाल रुपन्देहीमा बस्दै आएका कार्की कलाकारितासंगै राजनीतिमा समेत सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया