माघे संक्रान्तिको अवसरमा तानसेनमा मनाइयो मगरी खानासहित सांस्कृतिक महोत्सव [तस्वीरसहित]

तानसेन। माघे संक्रान्तीको अवसरमा पाल्पाको तानसेनमा मगरी खानासहित सांस्कृतिक महोत्सव मनाएको छ । कैलाश वसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सह आयोजनामा एक दिने महोत्सव मनाइएको हो ।

महोत्सवमा मगरी खानाका परिकार एवं मौलिक एंव सांकृतिक कार्यक्रम राखिएको थियो । विगतका वर्षमा कोरोना महामारीले मेला र महोत्सव हुन नसकेको यो वर्ष दुई टोलका एक सय १ परिवारको पहलमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा मौलिकता झल्काउने परिचारको स्वाद लिनका लािग सबै समुदायको उपस्थिती रहेको थियो । यस्तै विभिन्न कलाकारको प्रस्तुतीका साथै मगर समुदायको संस्कृति झल्काउने ठूलो नाँच (नचरी) झ्याउरे, कौडा, झाम्रेसंगै स्थानीय कलाकारको प्रस्तुती रहेको मेलामा मगर समुदायको परम्परागत खानाहरू सेलरोटी, बटुक, सखरखण्ड, तरुल, चाकु, सुगुरको मासु दर्शकको रोजाईमा परेका थियो ।

नेपाल मगर संघ पाल्पाका पूर्व अध्यक्ष बलबहादुर रानाका अनुसार वि.स.२०५४ सालमा कैलाशनगर र बसन्तपुर टोलका मगरहरुले स्थापना गरेको कैलाश बसन्तपुर मगर समाजले महाेत्सव अायाेजना गरी एक दर्जन बढी स्टल राखेर आफ्नो समुदायकाे संस्कृति संरक्षणको पहल गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer