
पाल्पा। केही दिनदेखि सामाजिक सञ्जालमा एक युवतीको भिडियो निकै भाइरल छ । पाल्पाली गायक पुस्कल शर्माले स्टेजमा प्रस्तुति दिँदा ति युवती रोएको भिडियो टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा भाइरल भएको हो ।
जसमध्ये ‘मुटु जलाई जलाई’ बोलको गीतमा उनी हाउभाउका साथ चिच्याएर गीत गाएकी छिन् । त्यसपछि शर्माले ‘हो भन निरमाया आउँछौ आउँदैनौँ’ बोलको गीत गाउँदा ति युवती धरधरी रोएकी छन् ।
दुई दृश्यको भिडियो पुस्कल स्वयंले टिकटकमा पोष्ट गरेका छन् । जसमध्ये ‘मुटु जलाई जलाई’को प्रस्तुतिको भिडियोले तीन दिनमा झन्डै ३० लाख भ्युज पाएको छ । ‘हो भन निरमाया आउँछौ आउँदैनौं’को प्रस्तुतिले झण्डै ५० लाख भ्युज पाइसकेको छ ।
उक्त दृश्य कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको हो । गायक शर्माले पाँच दिनअघि अत्तरिया पुगेर प्रस्तुति दिएका थिए ।
आँचल नाम नामकी ती युवतीले पुस्कल शर्मालाई टिकटकमा समेत फलो गरेकी छिन् । गायक शर्माले ति युवतीले टिकटकमा फलो गरेकाे र अाफूले पनि फलोब्याक गरेको बताए ।
गायक शर्माले मेला महोत्सवमा पुग्दा माया गर्ने हजारौं फ्यानहरुसँग भेटन् पाउने बताउँदै खुशी व्यक्त गरे । पाल्पाकाे जाेर्तेमा जन्मिएका गायक शर्माले विशेष गरी प्रेम र विरहका गीतमा निकै रुचाइएका गायकका रूपमा परिचय बनाएका छन् ।