अर्घाखाँची महोत्सवमा ज्योति मगरकाे प्रस्तुति विरूद्द १० संस्थाले निकाले संयुक्त विज्ञप्ति

पाल्पा। लोक दोहोरी गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । आफ्नो प्रस्तुतिका कारण आलोचित र विवादित बन्दै आएकी लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुतिमा सहभागी नहुने भन्दै अर्घाखाँचीमा विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुन पनि उनीहरुले आग्रह गरेका छन् । मेला महोत्सव र सांस्कृतिक कार्यक्रममा मगरले गाउने गीत र नृत्यले नेपाली मौलिक कला संस्कृतिको पक्षमा सुखद सन्देश दिन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसरी विज्ञप्ति जारी गर्नेहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद्, सांस्कृतिक संरक्षण मञ्च, नेपाल सांस्कृतिक संघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्त जनसांस्कृतिक अभियान, अर्घाखाँची सांस्कृतिक परिवार र लोकसंस्कृति संरक्षण अभियन्ता छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer