
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आाज सोमबार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार प्रतियोगितामा नेपालसहित, भुटान र लावस सम्मिलित हुने छन् ।
दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेली उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जनाएको छ ।फिफा विन्डोको समय सकिने भएकाले ३१ मार्च मा हुने फाइनल खेल वरीयतामा समावेश हुने छैन ।
प्रतियोगिताका लागि फिलिपिन्स र मलेसियासँग पनि कुरा भएको तर उनीहरूको समय नमिल्दा सम्भव नभएको प्रवक्ता शाहले बताए ।
एन्फाले प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँ टिकट दर तोकेको छ ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकारका लागि एन्फाले सार्वजनिक सूचना निकालीसकेको र चाँडै टुंगो लाग्ने प्रवक्ता सुरेश शाहले जानकारी दिए । टिकटका लागि ३० लाख र मार्केटिङका लागि ५०लाख न्यूनतम मूल्य तोकेर वोलपत्र आह्वान गरिएको हो ।
प्रतियोगितामा अनुमानित १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ लाग्ने उनले बताए ।
खेल तालिका
२२ मार्चस् नेपाल भर्सेस लाओस
२५ मार्चस् भुटान भर्सेस लाओस
२८ मार्चस् नेपाल भर्सेस भुटान
३१ मार्चस् फाइनल